काँग्रेसलाई प्रश्न : के यसैलाई लोकतन्त्र भनिन्छ ? (बिचार)
आदर्श मण्डल –
(अनेरा स्ववियु विद्यार्थी नेता)
नेपाली कांग्रेस कर्याकर्ताले भने गर्छन हामी लोकतन्त्र ल्याएका हौं । संबिधान बनाएका हौं । त्यसैले आज देशको हाल यस्तो भएको हो । देश बेच्नेलाई लोकतन्त्र चाहदैनन्, त्यसैले म खुला साथ बोल्ने र लेख्ने गर्छु । लोकतन्त्र मात्र नेपाली कांग्रेसले ल्याएको छ ? कांग्रेसको नेताकार्यकर्ता लोकतन्त्रको अर्थ कहिले सम्म बुझ्ला ?
लोकतन्त्र मात्र नेपाली कांग्रेसले ल्याएको होइन, पुरा नेपाली जनताले सहयोग गरे बापत नै आज लोकतन्त्र हुदै गणतन्त्र आएको छ । र नेकपा सरकारले लोकतन्त्र र गणतन्त्र स्थापित गर्छ ढुक्क भए हुन्छ । नेपाली कांग्रेसले देशमा भ्रष्टाचार, आतंककारी, जिउँदै मान्छेलाई जलाउनेलाई रक्षा गरेको देख्दा घिन लाग्छ । म दाबी साथ भन्छु यो देश बर्बाद पार्ने कांग्रेस पार्टी हो ।
मेरो प्रश्न जसले आफुले लोकतन्त्र ल्याएको दाबी गर्छन्, उसलाई हिम्मत भए उत्तर दिनु होला । के लोकतन्त्र ल्याएको पार्टीको कार्याकर्ताले आम जनतालाई जिउँदै जलायो भने उसले सजाय पाउदैन ?
के लोकतन्त्र ल्याएको पार्टीका नेताले भ्रष्टाचार गरेको छ भने सरकारले जेल हाल्दा आन्दोलन गर्ने ? के यसैलाई लोकतन्त्र भनिन्छ ? विगतदेखि हालसम्म नेपाली कांग्रेसको सत्ता रहे पनि प्रधानमन्त्री र उप प्रधानमन्त्री गाउँमा पर्ने सार्बजनिक विद्यालय पनि सुधार गर्न नसक्ने । के यसलाई लोकतन्त्र भन्ने ?
नेपालको सबै कारखानाहरुलाई बन्द गरेर नेपाली युवाहरुलाई बिदेश जान बाध्य बनाउने, आफ्नो पार्टी कर्याकर्ता अपराधी भए पनि त्यसलाई ढाकछोप र बचाउनु खोज्नु के यसैलाई लोकतन्त्र भनिन्छ ? यसलाई नेपाली कांग्रेसले लोकतन्त्र भन्छन् भने हामीलाई यस्तो लोकतन्त्र चाहिदैन ।