TodayPati

बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना

टुडेपाटी-

बारा, असार १७ गते ।

बारामा मास्क नलगाउनेले जरिवाना तिर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको हो ।

Sponsored

बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु तथा पैदल यात्रीलाई समेत मास्क अनिवार्य गरिएको छ । मास्क नलगाए सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । यो नियम असार १९ गते शुक्रबारदेखि लागू हुने प्रशासनको सूचनामा उल्लेख छ ।

संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार प्रशासनले मास्क नलगाउनेलाई जरिवाना लगाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार ३ दिन सचेतना अभियान चलाएपछि यो नियम लगाइने छ ।

लकडाउन खुला भएको मौका छोपेर मानिसहरु मास्क नलगाई हिँड्न थालेपछि प्रशासनले यो कदम चालेको हो । कोरोना भाइरसका कारण बारामा दुई जनाको मृत्यु भएको छ भने १९ जना संक्रमित अहिले आइसोसनमा छन् । त्यसैगरी १९१ जना क्वारेन्टाइनमा छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना

  • July 1, 2020 at 4:43 pm
    Permalink

    Bajar ma aaune lae matrai ho Ani sarkari tatha hair sarkari sanstha ma lekhn bhuleko ho ki aaissyak nabhayer ho budhijibiharu

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *