TodayPati

प्रदेश २ : १० हजार घुस सहित घरेलु कार्यालयका कर्मचारी अख्तियारको फन्दामा

टुडेपाटी-

जनकपुरधाम, असिार १७ गते ।

बारामा दश हजार घुस सहित घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्।

Sponsored

कार्यालय सहयोगी खेमराज चौधरीले सेवाग्राहीसित घुस लिदै गर्दा बुधबार दिउसो रंगेहात पक्राउ परेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाबाट खटिएको टोलीले चौधरीलाई घुससहित पक्राउ गरेको हो।

उद्योग दर्ता गर्नका लागि सहजीकरण गरिदिन्छु भन्दै सेवाग्राहीसँग दस हजार घुस रकम लिदै गर्दा उनलाई अख्यितारको टोलीले रंगेहात कार्यालय परिसरबाटै पक्राउ गरेको हो।

Sponsored

घुससहित पक्राउ परेका चौधरीलाई आवशयक कारवाहीको लागि हेटौडा लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *