TodayPati

मात्रिका यादव सहित ५ जना नेकपा नेताले फेरी भने – प्रधानमन्त्री ज्यु खुरुक्क राजीनामा दिनुस

टुडेपाटी-

काठमाडौँ, असार १७ गते ।

नेपाल कम्युनिष्ट पार्टीको जारी स्थाी समितीको बैठकमा आज ५ जना सदसयहरुले आफ्ना धारणा राखेका छन् ।

Sponsored

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी निर्वाचन आयोगका दर्ता भएको विषयमा केन्द्रीत भएको छलफलमा पाँचै जना सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र अभिव्यक्तिको खुलेर आलोचना गर्दै राजीनामाको माग गरेका हुन् ।

स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

बैठकमा पर्यटनमन्त्री समेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराई प्रधानमन्त्रीप्रति नरम रुपमा प्रस्तुत भएपनि कार्यशैलीको खुलेर आलोचना गरे । बाँकी ४ सदस्यले भने ओलीको राजीनामाको विकल्प नरहेको धारणा राखेका थिए ।

Sponsored

बैठकमा भट्टराईले पार्टीमा निषेधको भावना नभइ सहकार्यको भावना हुनुपर्नेमा जोड दिँदै नेतृत्व नसच्चिए पार्टी चल्न नसक्ने धारणा राखे ।

‘अहिले देखिएको आन्तरिक समस्या पार्टीभित्र सबैसँग छलफल गरेर निकास खोज्नुपर्छ । निषेध होइन सहकार्यको भावनाका अघि बढिनुपर्छ’, उनको भनाइ थियो । उनले सचिवालयको विकल्प स्थायी समिति नभएको तर नेतृत्व सच्चिन जरुरी रहेको दोहोर्याए ।

यस्तै लीलामणि पोख्रेल र मात्रिका यादवले ओलीको राजीनामा भन्दा अर्को विकल्प नै भएको धारणा राखे । उनीहरुले पहिलो सर्त नै ओलीको राजीनामा भएकोमा जोड दिएका थिए ।

यसैगरी स्थायी समिति सदस्य पेशव खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत रहेको भन्दै पार्टी विधिमा चल्नुपर्नेमा जोड दिए ।

यसैगरी अर्का स्थायी समिति सदस्य नन्द कुमार प्रसाईँले अहिलेको समस्याको मुल कारक नै ओली भएको भन्दै उनी कि सच्चिनु पर्ने कि त राजीनामा दिनुपर्ने धारणा राखे ।

नेकपाको बुधबारको स्थायी कमिटी बैठक झण्डै एक घण्टा चलेको थियो ।

काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएको तथा त्यसमा नेताहरु सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *