TodayPati

भारतमै बन्यो कोरोनाविरुद्धको खोप, केही हप्तामै मानिसमा परीक्षण गरिने

टुडेपाटी-

जनकपुरधाम, असार १७ गते ।

विश्वभर महामारीको रुपमा फैलिसकेको कोरोना भाइरसको अमेरिका, बेलायत, चीनलगायतका देशहरुले कोरोना विरुद्धको खोप बनाउने र परीक्षण गर्ने काम गरिराखेका बेला छिमेकी मलुक भारतमा पनि कारोना भाइरसविरुद्ध खोप बनिसकेको छ ।

Sponsored

भारतको हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खोप सुरुमा जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेका छन् । अबको केहि हप्तमै मानिसमा समेत परीक्षण गरिने बीबीसीले लेखेकाे छ । 

भारतमा आधा दर्जन औषधि कम्पनी कोरोनाविरुद्ध खोप बनाउन जुटेका छन् । तर मानिसमा परीक्षण गर्ने तहसम्म आइपुगेको यो नै पहिलो खोप भएको भारतीय विज्ञले बताएको बीबीसीले खबरमा उल्लेख गरेको हो ।

Sponsored

यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।

अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन् । यी खोप विभिन्न चरणमा परीक्षण भइरहे पनि आम प्रयोगका लागि प्रमाणित भने कुनै पनि भइसकेका छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *