इरानको एक क्लिनिकमा भएको विस्फोटमा परी १३ जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असार १७ गते ।
इरानको राजधानी तेहरानस्थित एक क्लिनिकमा भएको विस्फोटनमा परी १३ जनाको मृत्यु भएको छ । सिना अतहर क्लिनिकमा भएको विस्फोटनमा परी अन्य कैयौं मानिस घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
घाइतेमध्ये धेरै गम्भीर अवस्थामा रहेकाले मृतकका संख्या बढ्न सक्ने बताइएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार ग्याँस लिक भएका कारण विस्फोटन भएको हो ।
Sponsored