TodayPati

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने विधेयकविरुद्ध जनकपुरमा जसपाको प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।

नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले जनकपुरमा प्रदर्शन गरेको छ ।

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ । प्रदर्शनका क्रममा उनीहरुले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

Sponsored

पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाले प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेको जनाएको छ ।

सोही विषयलाई लिएर जसपाले आज काठमाडौंमा पनि प्रदर्शन गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *