चीनमा देखियो अर्को खतरनाक भाइरस, महामारीको रुप लिन सक्ने वैज्ञानिकको चेतावनी
टुडेपाटी
जनकपुधाम, असार १६ गते ।
चीनमा महामारीको रुप लिनसक्ने क्षमता भएको नयाँ भाइरस फेला परेको छ । सुँगुरमा पाइएको फ्लु मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुको चेतावनी छ ।
अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ। यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।
यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ। संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन्।
Sponsored