पछिल्लो २४ घण्टामा प्रदेश २ मा २५ जनामा संक्रमण पुष्टि, कहाँ कति थपिए ?
टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।
प्रदेश २ मा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको । यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ८९ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धनुषामा ६, महोत्तरीमा ४, रौतहटमा ११, बारामा ३ र पर्सामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
धनुषाको शहिदनगर नगरपालिका क्वारेन्टाइनका ६, महोत्तरीको सोनमा गाउँपालिका क्वारेन्टाइनका ४ र रौतहटको गौर अस्पताल, बौधीमार्इ नगरपालिका, सखुवा क्वारेन्टाइन र जय किसान आइसोलसनमा रहेका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, बाराको पचरौता नगरपालिकाका तीन र पर्साको सखुवा परसौनी गाउँपालिका क्वारेन्टाइनका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
४५ हाजर ५६२ जनाको स्वाब संकलन भएकोमा ३५ हजार ७६० जनामा निगेटिभ देखिएको छ भने ३ हजार ४१३ जनाको नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Sponsored
प्रदेश २ मा अहिले ५ हजार ३ सय जना क्वारेन्टाइन, १८ हजार ४४७ जना होम क्वारेन्टाइन र ७९१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।