TodayPati

जनकपुरमा नागरिकता विधेयकको लगातार प्रदर्शन, खारेज नगरिए आन्दोलनमा उत्रिने चेतावनी

टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।


जनकपुरधाममा एक हप्ता दिनदेखि लगातार नागरिकता विधेयकको विरोध प्रदर्शन भइरहेको छ । नेपाली काँग्रेसले सोमबार पनि जनकपुरधाममा विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेज गर भन्दै विरोध प्रदर्शन गरेको हो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ल्याएको उक्त विधेयक संसोधन प्रस्तावको विरोध गर्दै नेपाली काँग्रेसले जनकपुरधाममा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसका धनुषा सभापति महेश शंकर गिरीले जानकारी दिए । सात वर्ष पछि मात्र विदेशी बुहारीलाई नागरिकता दिने नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको गिरीको आरोप छ ।

Sponsored

राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय भएकोप्रति उनले असन्तुष्टि जनाएका छन् । राज्य व्यवस्था तथा सुुशान समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै उनीले यसबाट अनेक शंका उब्जाएको उल्लेख गरेका थिए ।

विरोध सभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिने बताएका छन् । त्यस्तै आज सिके राउत नेतृत्वको जनमत पार्टीले समेत नागरिकता विधेयकको विरोधमा जनपकुरधाममा प्रदर्शन गरेको हो । त्यस्तै जनता सामाजवादी पार्टीले एक हप्ताभन्दा बढी समयदेखि दिनहु जनकपुरमा नागरिकता विधेयकको विरोधमा प्रदर्शन गर्दै आएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *