TodayPati

सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबिच झडपमा तीन प्रहरी पनि घाइते, किन भयो झडप ?

टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।

सर्लाहीको धनकौलमा आइतबार साँझ नेकपा र काँग्रेस कार्यकर्ताबिच भएको झडपमा तीनजना प्रहरी समेत घाइते भएको खुलेको छ । दुपै पक्षबिचको झडपमा ढुंगामुढा र गोलीको छर्रा लागेर तीनप्रहरीसहित २१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

घाइतेहरुको नामावली समेत प्रहरीले सार्वजनिक गरेको छ । प्रहरी नायव निरीक्षक राज कुमार यादब, प्रहरी हबल्दार रामबाबु साह र प्रहरी जवान तिलक मगर घाइते भएका छन् ।
यस्तै गोलीको छर्रा लागेर काँग्रेस तर्फका स्थानीय संजिव यादब, राकेशकुमार सिंह, रामबिनय पासवान, सुनिल कुमार साह, नितेश कुमार सिंह, बिजय कुमार साह, बिलासि राय, रामचन्द्र हजारि, अरुनकुमार राय, मोह्मद शेख, बिजय सिंह, महबुब अनसारी, सुरजकुमार सिंह, सुनिल महतो र नागेश्वर सहनि रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

घाइते सबैको बरहथवा स्थित ऐडभान्स संजिबनि अस्पतालमा उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

यस्तै अर्को तर्फ नेकपाका कार्यकर्ता लक्ष्मण साह, रणधिर राजन बर्मा र बैधनाथ सहनी छन् ।
प्रहरीले घटना पश्चात गोली चलाएको आशंकामा सर्लाहीकै धनकौल गाँउपालिका २ बस्ने २९ वर्षीय मुकेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

धनकौल गाँउपालिका २ पेट्रोलपम्प नजिक स्थानीय मदन साहका छोरा १६ वर्षीय राजिब कुमार साह ज.१त. ५०७४ नम्बरको आफ्नो ट्याक्टर नहरमा धुन जाने क्रममा स्थानीय ३० वर्षका धर्मेन्द्र साह लगायत ७ जना मानिसहरुले बाटो छेकेर कुटपिट गरेपछि दुवै पक्षबिच झडप भएको थियो । दुवै समुहबाट अन्दाजी १०० र १५० जनाको संख्याबिच झडप भएपछि भयो ।

Sponsored

झडप हुना साथ नेपाल र सशस्त्र प्रहरीका झण्डै ७० जनाको टोली घटनास्थल पुगेर झपलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर दुबै पक्ष बिच भएको ढुङ्गामुढा प्रहार गोलीको छर्रा समेत लागेपछि २१ जना घाइते भएका थिए । त्यस क्रममा घटनालाई नियन्त्रणमा लिन ४ राउण्ड अश्रुग्यास फायर गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *