पाकिस्तान स्टक एक्सचेन्ज आक्रमणमा ७ जनाको मृत्यु, संख्या अझै बढ्ने अनुमान
टुडेपाटी-
कराँची, असार १५ गते ।
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारी समूहले आक्रमण गर्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
घटनामा हमलाकारी ४ जनाको पनि मृत्यु भएको छ ।
सुरक्षाकर्मीसहित ३ जना घाइते भएका छन् । बीबीसीका अनुसार प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले हमलाको जिम्मा लिएको छ ।
कराँची स्टक एक्सचेन्ज देशकै सबैभन्दा ठूलो स्टक मार्केट हो ।