सशस्त्र प्रहरी महोत्तरीद्वारा अहिले सम्मकै बढी राजस्व संकलन
नविन चौधरी/ गोपाल झा
महोत्तरी, फागुन २ गते ।
सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण महोत्तरीले करीब साढे २ करोर बराबरको अवैध सामग्रीहरु बरामद गरी राजस्वमा बृद्धी भएको छ ।
गत साउनदेखि माघ महीनासम्ममा २ करोड ५४ लाख १३ हजार ४ सय १८ रुपैयाँ बराबरको भारतीय सीमानाबाट नेपाल ल्याउँँदै गरेको अवैध सामग्री ९राजस्व संकलन० गरी महोत्तरीको मलिवारा भन्सार कार्यालयलाई बुझाइएको ९ नम्बर गणका गणपती नीर कृष्ण अधीकारीले जानकारी दिए ।
चालु आर्थिक वर्षमा गएको वर्ष भन्दा तीन गुणाको हराहारीमा बढी राजस्व संकलन भएको जो अहीले सम्मको सबभन्दा उच्च राजस्व संकलन रहेको सशस्त्र प्रहरी महोत्तरीको ९ नम्बर गणका तथ्यांकले देखाएको छ । गत आवमा ९ नम्बर गणले १ करोड ४८ लाख ४२ हजार ८ सय २९ रुपैयाँ बराबरको अबैध सामग्रीबाट राजस्व संकलन गरेको थियो । तर, चालु वर्षको ६ महीनामै गणपती अधीकारीको नेतृत्वमा दोस्रो चौमासिकको माघ मसान्तसम्म मात्रै २ करोड ४५ लाख भन्दा बढी राजस्व संकलन भएको छ ।
सशस्त्र प्रहरीले चालु आवको साउन महिनामा सबभन्दा बढी राजस्व संकलन गरेको बताइएको छ । ९ नं।का गणपती अधिकारीका अनुसार साउन मसान्तमा ३८ लाख २० हजार ३२ रुपैयाँ, त्यस्तै भदौमा २८ लाख ३ हजार ८ सय ९६, आश्विनमा २७ लाख ८८ हजार ६ सय ४५१, कात्तिकमा सबै भन्दा कम २३ लाख ९७ हजार १ सय ८७, मंसिरमा ३० लाख ३९ हजार ५ सय २५ पुषमा २३ लाख ७५ हजार ९ सय ४३ र माघमा २६ लाख ९६ हजार २ सय ८५ रुपैयाँ संकलन गरिएको छ । त्यस्तै, ससस्त्र प्रहरीले हालसम्म अबैध २१ लख २२ हजार ७ सय ५ नेपाली रुपैँया र १५ लाख ४७ हजार भारतीय रुपैँया संकलन गरी राजस्वमा बुमmाएको छ । यता जिन्सीमा दुईटा ट्रकमा लोड गरीएको ईटा सहित नियन्त्रणमा लिई आन्तरकि राजस्व कार्यालय जनकपुरमा बुमmाईएको छ । जस वापत १ लाख जरीवाना सवरुप राजस्वमा थप भएको छ ।
त्यस्तै १८ केजी ५३ ग्राम चाँदी, १ सय ६९ क्यु।फिट।साल र टिक जातको गोलिया काठ हातहहतियार तर्फ १२ बोरको हतियार १ नाल र ऐ।कोराउण्ड १ गोटा , भरुवा बन्दूक १ थान ईण्डियन ०।३२” को पेस्तोल १ थान ऐ।को म्यग्जीन १ थान र ऐ।मा लाग्ने ७।६५एमएम।को राउण्ड ५ गोटा बरामद गरेको जनाएको छ । त्यस्तै किराना सामान ईलेकट्रोनिक सामान ,हार्डवेयरका सामान कँस्मेटीक ,कपडा, पशुचौपाया र लागुऔषध सहीत ब्यक्तीलाई नियन्त्रण तथा बरामद गरेका छन् । सशस्त्र प्रहरीले महोत्तरीमा शान्ति सुरक्षासँगै लागुऔषध गाँजा फडानी र सरसफाईका कार्यक्रममा पनि सक्रियता देखाएको छ ।
सशस्त्र प्रहरीको अहिलेको सक्रियता देखेर जिल्लाबासी समेत उत्साहीत भएका छन् । जिल्लामा दरबन्दी अनुसारको प्रहरी नभएपनि भएकै साधन स्रोतको सहि उपयोेग गरेर जिल्ला सँग जोडिएका सिमानाका, हाटबजार, तस्करी नियन्त्रण, अपराध नियन्त्रण, सिमानाकामा २४ औँ घण्टा मोवाइल टोली परिचालन लगायतका काममा सशस्त्र प्रहरीले आफनो निगरानी बढाएको छ ।
संघठनको नीतिनिर्देशन र बाहिणीपतिको निर्देशनलाई मानेर काम भइरहेको र सशस्त्र प्रहरी जनताका लागि २४ औँ घण्टा तयार रहेको गणपति अधिकारीले बताएका छन् ।
Sponsored