TodayPati

राजु सदा मृत्यु प्रकरण : प्रदेश २ सभामा विशेष अध्ययन समिति गठनको प्रस्ताव पेश

टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा मृत्यु भएका राजु सदाको घटना सम्बन्धमा अध्ययन गर्न विशेष समिति गठनको प्रस्ताव प्रदेशसभा २ मा पेश भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समिति प्रस्ताव प्रदेशसभा सचिवालयले पेश गरेको हो ।

राजु सदाको मृत्यु सम्बन्धमा विविध पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रदेशसभामा रहेका दलहरुबाट पाँच जना सांसद रहेको विशेष अध्ययन समिति गठन गरेको हो। समितिमा नेकपाका प्रदेश सांसद रविन्द्र बैठा, जनता समाजवादी पार्टीकी सांसद चमेली देवी दास, जसपाकै सांसद सुरिताकुमारी साह, नेपाली कांग्रेसका सांसद नरेशकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्री देवी साह रहेका छन् ।

Sponsored

विशेष समितिले सभामुखको निर्देशनमा रही राजु सदाको मृत्यु सम्बन्धमा अध्ययन गर्ने, अवश्यक परेमा विषेशज्ञ लगायत व्यक्तिको सहयोग लिन सक्ने, अध्ययनको क्रममा विभिन्न मन्त्रालय र कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने सभामुख सरोजकुमार यादवले बताए ।

समितिलाई बढीमा ५ दिनमा आफ्नो अध्ययन प्रतिवेदन पेश गर्न भनिएको उक्त विशेष समिति सम्बन्धी प्रस्तावमा प्रदेशसभामा उपस्थित सबै सांसदहरुले समर्थन जनाएका छन् ।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएको थियो ।

Sponsored

पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा उदासिन रहे। पीसीआर टेस्टको लागि स्वाब संकलन गरिए पनि समयमा रिपोर्ट आएन। असार ८ गते आएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सिकिस्त अवस्थामा पुगिसकेका उनलाई अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो ।

समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा मृत्यु भएको थियो ।

उपचार अभावमा छटपटाएर राजु सदाको मृत्यु भएको घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना हुँदै आएको छ भने अस्पताल, चिकित्सक र सरकारप्रति गम्भीर प्रश्न चिन्ह लागेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *