भारतमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन २० हजार मानिस संक्रमित
टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।
कोरोना भाइरसको संक्रमण भारतमा हालसम्मकै धेरै देखिएको छ । शनिबार एकै दिन भारतमा ६ सय भन्दा बढी जनाले ज्यान गुमाएका छन् । २० हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।
वल्र्डओमिटरका अनुसार शनिबार भारतमा ६ सय १९ जनाले ज्यान गुमाएका छन् । आइतबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ हजार तीन सय आठ पुगेको छ ।
शनिबार एकै दिन त्यहाँ २० हजार एक सय ३१ जना संक्रमित थपिएका छन् । अहिलेसम्म त्यहाँ संक्रमितको संख्या पाँच लाख २९ हजार पाँच सय ७७ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म तीन लाख १० हजार एक सय ४६ जना उपचारपछि निको भएका छन् । दुई लाख तीन हजार तीन सय २८ जना उपचार को क्रममा छन् । उपचारको क्रममा रहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।