TodayPati

रौतहटमा २ वडाध्यक्षसहित १४ कर्मचारीमा कोरोना पुष्टि

टुडेपाटी-

रौतहट, असार १३ गते ।

रौतहटको एउटा स्थानीय तहमा मात्रा २ जना वडाध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडाध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो ।

Sponsored

नगर स्वास्थ सहसंयोजक राकेश कुमार यादवका अनुसार शनिवार आएको रिपोर्टमा २ जना वडा अध्यक्ष, केही कार्यपालिका सदस्य र केही कर्मचारीगरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ ।

कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ६५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा देखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *