TodayPati

कोरोना रोकथाम र उपचारकालागि संघीय सरकारद्धारा फेरी ५५ करोड निकासा

टुडेपाटी-

जनकपुरधाम, असार १३ गते ।

संघीय सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारकालागि थप ५५ करोड बढी रकम निकासा गरेको छ । सरकारले प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी रुपैँया निकासा गरेको हो ।

Sponsored

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारले लगातार करोडौं रुपैयाँ निकासा गरे पनि प्रदेश तथा स्थानीय तहमा कोरोना रोकथाम नियन्त्रण भने प्रभावकारी बन्न सकेको छैन भने क्वारेन्टिनसमेत अव्यवस्थित छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *