TodayPati

नेपालको जनसंख्या ३ करोड नाघ्यो

टुडेपाटी-

काठमाडौँ, असार १३ गते ।

नेपालको जनसंख्या तीन करोड नाघेको छ। जनसंख्या घडीअनुसार शुक्रबारबाट नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुगेको छ।
केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार नेपालको जनसंख्या राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको तथ्यांक विभागले जनाएको छ।

Sponsored

विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो।

०६८ को तथ्याङ्कमा नेपालका कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो। जनगणना ०६८ अनुसार ५१ दशमलव पाँच प्रतिशत महिला र ४८ दशमलव पाँच प्रतिशत पुरुष छन्।

नेपालका जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ। नेपालमा आगामी जनगणना २०७८ मा हुँदै छ।

Sponsored

तथ्यांक विभागका अनुसार पहिलो चरणमा २५ वैशाख ०७८ देखि १५ जेठसम्म सुपरीवेक्षकले घरपरिवार सूचीकरण गर्नेछन्। दोस्रो चरणमा गणकहरू मार्फत २५ जेठदेखि १५ दिनसम्म मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावलीमा केन्द्रीत भएर जनगणना हुने छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *