TodayPati

प्रदेश २ मा आपत्तिजनक अवस्थामा भेटिएका असईसहित तीन प्रहरी निलम्बित

नितेश यादव-
जनकपुरधाम, असार १२ गते ।

प्रदेश २ का रौतहट जिल्लामा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना प्रहरी जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत तीनजना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रौतहटको पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा र इलाका प्रहरी कार्यालय देबाही गेनाही दरबन्दी भई प्रहरी चौकी ब्रहमपुरीमा कार्यरत असई सञ्जीवकुमार झा निलम्बित भएका छन् ।

Sponsored

असई साह र जवान हजाराले आर्थिक प्रलोभनमा परी हुण्डी कारोबारीमा संलग्न व्यक्तिलाई सघाएको प्रमाणित भएपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

त्यसैगरी सहायक प्रहरी निरीक्षक (असई) झाले प्रहरी आचरणविरुद्व काम गर्दा पटक-पटक सुध्रिने मौका दिँदासमेत नसुध्रेकाले निलम्बन गरिएको मिश्रले बताए ।

मंगलबार राती असई झा एकजना महिलासँग अबेर रातीको समयमा आपत्तिजनक अवस्थामा फेला परेका थिए । उनी आपत्तिजनक अवस्थार्मा गाउँलेको फेलामा परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा जिम्मा लगाइएको थियो ।

Sponsored

यो पनि पढ्नुहोस्

रौतहटको असई झा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *