TodayPati

युपी र बिहारमा चट्याङ लागेर एकैदिन १ सय ७ जनाको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, असार १२ गते ।

भारतको विहार र उत्तर प्रदेश (युपी) मा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ।

Sponsored

भारतीय संचारमाध्यमहरुका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहीवार बिहारमा कम्तीमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो।

क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले बताएका छन्।

‘अन्य सबै जिल्लामा भएका क्षतिबारे विवरण संकलन जारी छ। कुनै जिल्लामा धेरै चट्याङ परेका थिए। यसैकारण क्षति अझै भएको हुन सक्छ, उनले भने ।’

Sponsored

पटनास्थित मौसम विज्ञान केन्द्रले आगामी तीन दिन अझै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन चेतावनी जारी गरेको छ। जसले गर्दा अझै चट्याङ पर्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *