TodayPati

अमेरिकाको अवस्था झनै भयावह, दुइ करोड व्यक्तिमा कोरोना संक्रमण हुने आशंका

टुडेपाटी-

जनकपुरधाम, असार १२ गते ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित भएको अमेरीमा ठूलो संकट आउन सक्ने आशंका गरिएको छ ।

Sponsored

२४ लाख ५२ हजार बढी संक्रमित रहेको अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको छ । तर अवस्था यो भन्दा समेत भयावह हुने बताइएको छ ।

एक अध्ययनका अनुसार अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुने आशंका व्यक्त गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले बिहीबार सन्चारकर्मीहरुसँग भने, ‘हाम्रो आँकलन के छ भने कोरोना संक्रमणको जब एउटा रिपोर्ट आउँछ, तब अरु १० जनामा संक्रमण फैलिएको हुन्छ ।’

सीडीसीका अनुसार यस महामारीको चपेटामा धेरैजसो युवाहरु पर्ने छन् । यद्यपि यसको फाइदा के हुनेछ भने युवाहरुको रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा कमी आउने छ ।

Sponsored

सीडीसीको संक्रामक रोग विशेषज्ञ डा। जोय बटलरका अनुसार युवाहरु बढी संक्रमित हुनुको कारण उनीहरुले प्रौढहरुले भन्दा कम सुरक्षाका उपाय अपनाउनु हो ।

अमेरिकाले युवाहरुलाई जागरुक बनाउन टिकटक जस्ता सामाजिक सन्जालको प्रयोग गर्ने योजना बनाएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को आपतकालीन टिमका प्रमुख डा। माइक रियानका अनुसार अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको छैन । आगामी दिनमा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *