TodayPati

राजुको मृत्युपछि जनकपुरमा प्रदेश मन्त्री साहको पुत्ला जलाइयो, दोषीमाथि कारबाहीको माग

टुडेपाटी-
जकपुरधाम, असार ११ गते ।

प्रादेशिक अस्पताल जनकपुरको चरम लापरबाहीले राजु सदाको मृत्यु भएपछि जनकपुरमा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहको पुतला जलाइएको छ । नेपाली काँग्रेसका भातृसंगठन तरुण दल र नेविसंघले मन्त्री साहको राजिनामा माग गर्दै बिहीबार जनकपुरको शिवचौकमा पुत्ला जलाएका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरको आइशोलेसनमा उपचार अभावमा मृत्यु वरण गरेका धनुषाको हंपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय राजु सदाको न्याय माग्दै उनीहरुले मन्त्री साहको पुत्ला जलाउँदै प्रदर्शन गरेका छन् ।

Sponsored

राजु सदाको क्वारेन्टाइनमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २९ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो । पछि झाडापखाला समेत लागेपछि कोरोना भन्दै राजुलाई चिकित्सकहरु उपचारमा उदासिन रहे । पीसीआर टेस्टको लागि स्वाब संकलन गरिएपनि समयमा रिपोर्ट आएन । असार ८ गते पीसीआर रिपोर्ट आउँदा राजुलाई कोरोना नरहेको पुष्टि भएपछि सिकिस्त अवस्थामा पुगिसकेका उनलाई अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो ।

समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमरेजन्सी कक्षमा मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *