TodayPati

धनुषाको मिथिला नगरपालिकामा ३ वर्षीया बालिकासहित ११ जनामा कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।

धनुषाको मिथिला नगरपालिकामा ३ वर्षीया बालिकासहित ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका तीन वर्षीया बालिकासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा बुधवार मिथिला नगरपालिकाका ४ महिला र ७ पुरुष गरि कुल ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका फोकल पर्सन अशोक भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार मिथिला नगरपालिका वडा ३ का २ जना पुरूष र २ जना महिला गरि चारजना, वडा नं ४ का २ जना पुरूष, वडा नं ५ का एक बालिकासहित २ जना महिला, वडा नं ६ का १ जना पुरूष र वडा नं ८ का १ जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Sponsored

संक्रमण पुष्टि भएकाहरु भारतको विभिन्न स्थानबाट विभिन्न समयमा नेपाल भित्रिएका थिए । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखिएको नगरपालिकाका फोकल पर्सन भण्डारीले बताए । संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको उनको भनाइ छ । उनी सोही क्वारेन्टाइनमा कार्यरत समेत थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *