TodayPati

रौतहटमा मेयर र अधिकृत मिलेर करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उपमेयरले गरिन् नगरसभा बहिष्कार

टुडेपाटी-
रौतहट, असार ११ गते ।

रौतहटको बृन्दावन नगरपालिका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छन् ।

नगरप्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुन् ।

Sponsored

गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र हिजो जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको उनको भनाइ छ ।

नदीजन्य सामग्री बेचेर छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ ।

लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उपप्रमुखको अनुगमन बिना नै सबै योजनाको भुक्तानी भइरहेको उनले बनाइन् ।

Sponsored

प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै अदालतमा जाने उपप्रमुखको चेतावनी छ ।

नगर प्रमुख रामस्‍नेही यादवले उपप्रमुखकै सहमतिमा नगरसभामा भएको जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *