TodayPati

भारतमा एकैदिन थपिए १५ हजार बढी संक्रमित, दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै बढी

टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या लागातार २ दिन १५ हजारभन्दा माथि पुगेर सोमबार भने तल झरेको थियो । तर मंगलबार पुनः यो संख्या १५ हजारमाथि पुगेको छ ।

मंगलबार मात्र भारतमा एकैदिन १५ हजार ६६५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ५६ हजार ११५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । सोमबार त्यहाँ १३ हजार ५४० नयाँ संक्रमित थपिएका थिए भने आइतबार १५ हजार १८३ नयाँ संक्रमित फेला परेका थिए । शनिबार एकैदिन हालसम्मकै बढी १५ हजार ९१५ नयाँ संक्रमित थपिएका थिए ।

Sponsored

भारतमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १४ हजार नाघेको छ । वर्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ४८३ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मंगलबार मात्र भारतमा कोरोनाबाट ४६८ जनाको ज्यान गएको छ । मंगलबार त्यहाँ हालसम्मकै बढी दैनिक मृत्युका केस फेला परेको बताइएको छ । भारतमा कोरोना एकैदिन ज्यान गुमाउनेको यो नै हालसम्मकै बढी संख्या हो । सोमबार भने ३१२ जनाको ज्यान गएको थियो र आइतबार पनि ४२६ जनाको मृत्यु भएको थियो ।

अहिले भारतमा १ लाख ८३ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् भने २ लाख ५८ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । मंगलबार मात्र त्यहाँ १० हजार ४३७ जना निको भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *