गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि
टुडेपाटी
पोखरा, असार ९ गते ।
गण्डकी प्रदेशमा मंगलबार साँझ थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, भरतपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा थप १ सय ४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ६ सय ९७ पुगेको छ ।
नयाँ संक्रमितमा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का ३८, पर्वतका २१, गोरखाका १८, स्याङ्जाका १३, कास्कीका ७ र बागलुङका ६ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार नयाँ संक्रमितलाई सम्बिन्धत जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
Sponsored