नेकपाले विदेह नगरपालिकामा जनयुद्ध दिवस मनाए
टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।
धनुषाको विदेह नगरपालिका तीनकौरिया चौकमा नेकपाले जनयुद्ध दिवस मनाएको छ । नकेपाको विदेहनगर कमिटिले जनयुद्ध दिवसको अवसरमा ज्ञात अज्ञातसहिदहरुप्रति श्रद्धाञ्जली अर्पन गर्दै २५ औं जनयुद्ध दिवस मनाएको नेकपाका स्थानीय युवा नेता सुरेश रोहिताले जानकारी दिए ।
नगरकमिटि संयोजक दुखी मण्डलको अध्यक्षता तथा विदेहनगरपालिका प्रमुख बेचन दासको प्रमुख आतिथ्यमा बिहीबार साँझ जनयुद्ध दिवस मनाएका छन् । सो कार्यक्रमा बोल्दे बक्ताहरुले गणतन्त्र तत्कालिन नेकपा माओवादीको जनयुद्धकै देन भएको बताए ।
सहिदहरुको बाँकी सपना साकार पार्न देशमा बढ्दो भ्रष्टाचार र अपराधलाई न्युनिकरण गर्दै विकासको दिशातिर उन्मुख हुनुपर्नेमा बक्ताहरुले जोड दिए । सहभागिहरुले सहिदहरुको तस्वीरमाथि अविर तथा फुलमाला अर्पण गरी श्रद्धाञ्जली दिएका थिए ।
कार्यक्रममा वडा न. ३ का वडाध्यक्ष विल्टु राय, वडा ५ का वडाध्यक्ष विजय यादव, वडा नं. ६ का वडाध्यक्ष जयराम मण्डल, वडा नं. ९ का वडाध्यक्ष गुजराती नदाफ, स्थानीय नेकपाका कार्यकर्ता रमेश साह, दिपक पासवान, अजमल नदाफ लगायतको उपस्थिति रहेको थियो ।
Sponsored