पाकिस्तान क्रिकेट टिमका १० जना खेलाडीमा कोरोना संक्रमण पुष्टि
टुडेपाटी-
जनकपुरधाम, असार ९ गते ।
पाकिस्तान क्रिकेट टिमका १० जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाकिस्तान क्रिकेट बोर्डका अनुसार दोस्रो चरणको नतिजामा सात जना खेलाडीसँगै एक जना अफिसियललाई पनि कोरोना लागेको हो।
यसअघि मंगलबार तीन जना क्रिकेरलाई कोरोना लागेको थियो।
पाकिस्तानले गत सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोनाको परीक्षण गराएको थियो। जसमा १० जना खेलाडी संक्रमित बनेका हुन्।
मंगलबारको हैदर अली, सादब खान र हरिस राउफलाई कोरोना पुष्टि भएको थियो।
Sponsored
बुधबार कासिफ भाटी, मोहमद हस्नइन, फखर जमान, मोहमद रिजवान, मोहमद हफिज, वाहेब रियाज र इमरान खानलाई कोरोना लागेको हो।
३५ मध्ये २५ खेलाडीमा भने कोरोना भेटिएको छैन। जसमा अबिद अली, असद शाफिक, अजर अली, बाबर अजाम, फहीम असरफ, फवाद अलाम, इफ्तिखर अहमद, इमाम उल हक, खुस्दिल शाह, मोहमद अब्बास, नसीम शाह, सर्फराज अहमेद, शाहीन शाह अफ्रिदी, सान मसूद, सोहिल खान र यासिर शाह छन्।
कोरोना लागेका सबै खेलाडी अब आइसोलेसनमा बस्नेछन्।