TodayPati

धनुषा बम काण्ड : योजनाकार मध्येका थप एक पक्राउ

टुडेपाटी

जनकपुरधाम, फागुन २ गते ।

धनुषामा प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुक रहेको धनुषा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Sponsored

उनलाई सप्तरीबाट पक्राउ गरिएको नायव उपरीक्षक कार्कीले बताए । बम बिस्फोट घटनाका मुख्य योजनाकारमध्येका धानुक सप्तरी भन्दा पहिला सिरहाका जिल्ला इन्चार्ज रहेका थिए ।
यस अघि बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परिसकेका छन् ।

गएको मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, औषधी व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको ज्यान गएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *