TodayPati

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय विरुद्ध प्रदेश २ मा व्यापक प्रदर्शन

टुुडेपाटी-

जनकपुरधाम, असार ७ गते ।

विदेशी बुहारीले लगातार ७ वर्ष बसेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने संसदीय समितीको निर्णय विरुद्ध प्रदेश २ मा व्यापक प्रदर्शन भएको छ ।

Sponsored

प्रतिपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले यो निर्णय विरुद्ध प्रदर्शन गर्दै निर्णय नसच्चाए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । जनकपुर, राजविराज, जलेश्वर, गौर, मलंगवा लगायतका सहरहरुमा उनीहरुले व्यापक प्रदर्शन गरका हुन् ।

उनीहरुले नागरिकता ऐन संशोधनमा समेटिन लागेको विदेशी बुहारीसम्बन्धी प्रावधानको विरोध जनाएका हुन् । कांग्रेसका धनुषाका क्षेत्रीय सभापति कन्हैयाकुमार कर्णले नागरिकता ऐन संशोधनमा समेटिन खोजिएको विदेशी बुहारीसम्बन्धी प्रावधान नहटाए आन्दोलन चर्काउने चेतावनी दिए ।

रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै कांग्रेसका रौतहटका सभापति कृष्ण यादवले नागरिकता सम्बन्धि नियामावली कुनै हालतमा मान्य नहुने बताए ।

Sponsored

अन्तरिम संविधानमा दिएको अधिकार समेत कुण्ठित हुने गरि नेकपाको सरकारले नागरिकता संसोधन विधेयक ल्याउन लागेकाले त्यसको विरोध गर्नुपरेको नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवले बताए । खासगरि नेपाल र भारतबीच सिमा क्षेत्रमा वैवाहिक,धार्मिक,सांस्कृतिक र बेटीरोटीको सम्बन्ध रहेको र त्यो समबन्धलाई भत्काउनका लागि सरकारले यो विधेयक ल्याउन लागेको सभापति यादवको आरोप छ ।

पर्साको वीरगन्ज घन्टाघरमा पनि कांग्रेस र जसपाले विरोध प्रदर्शन गरेका छन् । आइतबार दिउसो कांग्रेस पर्सा जिल्ला समितिको अगुवाईमा प्रस्तावित विद्येयकविरुद्ध प्रदर्शन गरिएको हो ।

ुमहिलालाई हेप्न पाइँदैन, महिलाको अधिकार खोस्न पाइँदैन, कम्युनिष्ट सरकार चाहिदैनु, ुमहिलाको अंगिकृत नागरिकता सम्बन्धि निर्णय खारेज गर’लगायतका प्लेकार्ड बोकेर कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
आइतबार नै राजविराजस्थित शिव मन्दिर अगाडीबाट निस्केको जनता समाजवादी पार्टीको विरोध प्रदर्शनमा जसपाका नेताहरुले सरकारले मधेशी जनताको मधेसी समुदायको वैवाहिक अवस्था सीमा क्षेत्रमा बढी हुने गरेकाले बुहारी बनेर आउनेहरुको अधिकारमाथि धावा बोल्न खोजिएको आरोप लगाएका थिए ।
यसैगरि आइतबार नै बिहान जसपा वीरगन्ज महानगर समितिले विरोध प्रदर्शन गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *