TodayPati

सिरहा क्याम्पसको क्वारेन्टाइनमा रहेका ५२ जनालाई कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, असार ७ गते ।

सिरहामा आइतबार चार महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिराहाको सिरहा क्याम्पसको क्वारेन्टाइनमा रहेका ४ महिला सहित ५२ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।

यससंगै प्रदेश २ मा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना भाईरस सक्रंमण पुष्टि भएको छ । उनका अनुसार सप्तरीमा २ जना पुरुष, महोत्तरीमा २ जना पुरुष, धनुषामा १ महिला सहित ८ जना, सर्लाहीमा १ महिला सहित ९ जना, रौतहटमा १ जना पुरुष र बारामा जिल्लामा १ महिला सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *