TodayPati

सर्लाहीमा अपहरण गरी एकजनाको हत्या, बाँसघारीमा भेटियो लास

टुडेपाटी-
जनकपुरधाम, असार ७ गते ।

सर्लाहीमा हपहरण पश्चात एकजनाको हत्या भएको छ । सर्लाहीको रामनगर गाउँपालिका ४ बौहर्बाटोलका अन्दाजी ६० वर्षीय रामजनम रायको शनिबार राति अपहरण गरी हत्या भएको हो ।


बौहर्वा प्रहरीचोकीको छेउमै घर भएका रायको गोली प्रहर गरी हत्या गरिएको अवस्थामा शव बाँसघारीमा आइतबार दिउँसो फेला परेको रामनगर गाउँपालिका प्रमुख कृष्ण प्रसाद बर्माले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

यता सर्लाहीका प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले रामजनमको हातखुट्टा बाँधेर घरेलु हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलको प्रकृतिबाट देखिएको बताए । ‘हातखुट्टा बाँधिएको टाउकोमा घरेलु हतियार प्रहार गरी हत्या गरेको देखिन्छ’ डीएसपी कुँवरले भने ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ’

रायलाई मुख बाँधेर गोली प्रहार गरी हत्या गरिएको छ । घटनास्थल घरभन्दा एक किलोमिटर पूर्वमा पर्छ । उनी नेकपाको स्थानीय कार्यकर्ता भएको नेकपाका स्थानीय नेता कमल बुढाथोकीले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *