TodayPati

चीनले झडपको क्रममा नियन्त्रणमा लिएको १० जना भारतीय सैनिक रिहा

एजेन्सी
भारतको लदाखमा भारतीय र चीनीयाँ सेनाबीच भएको झडपको क्रममा चीनले १९ जना भारतीय सैनिकलाई नियन्त्रणमा लिएको खुलेको छ ।

चीनले पक्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको हिंस्रक संघर्ष पछि रिहा गरेपछि यो खुलासा भएको हो । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको हो । यसमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि समावेश थिए ।

Sponsored

भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । द हिन्दूका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको हो ।

१५–१६ जूनको राती भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएका छन् । भारतका ७८ सैनिक घाइते भएका छन् जसको अस्पतालमा उपचार चलिरहेको छ ।

यस्तै चीनले हताहत भएका आफ्नो सैनिकको संख्या सार्वजनिक गरेको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *