TodayPati

भारतमा एकैदिन १३ हजारभन्दा बढीलाई कोरोना, ३४२ को मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असार ५ गते ।

भारतमा अहिलेसम्मको सबैभन्दा ठूलो संख्यामा एकैदिन कोरोना संक्रमित थपिएका छन् । बिहीबार मात्रै भारतमा १३ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् ।

बिहीबार भारतमा १३ हजार आठ सय २८ जनामा संक्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । यस्तै बिहीबार कोरोनाबाट भारतमा तीन सय ४२ जनाको मृत्यु भएको छ ।

Sponsored

भारतमा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनको संख्या १२ हजार ६ सय चार पुगेको छ । यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो । अहिलेसम्म भारतमा संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ ।

वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ६ जनाले ज्यान गुमाएका छन । हिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ५५ हजार पाँच सय ५८ पुगेको छ ।

अहिलेसम्म विश्वभर ८५ लाख ६७ हजार दुई सय ८० जनामा संक्रमण देखिएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ७३ हजार चार सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *