TodayPati

नेकपाले आज २५ औं जनयुद्ध दिवस मनाउँदै, धनुषाको सहिदनगरमा सार्वजनिक विदा

टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।

आज फागुन १ गते अर्थात तत्कालिन नेकपा माओवादीले उदघोष गरेको जनयुद्धको दिन । नेपाल कम्युनिष्ट पार्टी र त्यसका भातृसंगठनले विभिन्न कार्यक्रमहरु गर्दै बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदै छन् ।

नेकपा केन्द्रीय कार्यालयले पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजन गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् । तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि हुने जनाएपनि उनी सहभागि भएनन् ।
ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।

Sponsored

यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गर्दैछन् । नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्दैछ ।
अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धान्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ ।

यता जनयुद्ध दिवसको अवसरमा धनुषाका सहिदनगर नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ । नगरपालिका कार्यालयले बुधबार एक सूचना जारी गर्दै जनयुद्ध दिवसमा नगरपालिका र अन्तर्गतका कार्यालयहरु बन्द रहने जनाएको थियो ।

सहिद नगरनगरपालिकामा नेकपा नगर कमिटीले समेत जनयुद्ध दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजन गरेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *