TodayPati

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित, आजै प्रमाणीकरण गरिने

टुडेपाटी-
काठमाडौं, असार ४ गते ।

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । नेपालको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको उक्त विधेयक पारित भएको हो ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित सांसदहरू सबैले पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभाका ५७ सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

Sponsored

राष्ट्रिय सभामा एकजना मनोनित सांसदको सिट रिक्त छ भने अध्यक्ष मतदानमा सहभागी हुँदैनन् ।उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रिय सभाबाट पारित गरियोस् भनेर प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभाबाट पारित भएको सूचना प्रतिनिधि सभालाई दिइनेछ । राष्ट्रिय सभाको उक्त सूचना प्रनिधिसभामा सुनाएर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको निसान छापमा अद्यावधिक नक्सा समेटिने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै प्रमाणित गर्ने भएकी छिन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *