TodayPati

जनकपुर र बीरगंज सहित देशभर लगातार तीन दिन वर्षा हुने

टुडेपाटी-

जनकपुरधाम, असार ४ गते ।

मनसुनी प्रभावका कारण केही दिनदेखि देशभर जारी वर्षा अझै तीन दिन हुने भएको छ । मनसुनको सक्रियता बढेकाले तीनदिनसम्म वर्षा रोकिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

Sponsored

यस क्रममा आज (बिहीबार) देशका सबै प्रदेशमा हल्कादेखि मध्यमसम्म र केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भवना छ। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ देशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

‘यी प्रदेशका खासगरी पहाडी भेगमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘तर प्रदेश २ को जनकपुर र वीरगन्जमा पनि भारी वर्षाको सम्भावना देखिएको छ।’

Sponsored

उनका अनुसार मनसुनका कारण भएको बदलीमा बिहानैदेखि वर्षा हुने सम्भवना हुन्छ।

उनका अनुसार मनसुनको प्रभाव अहिले लगभग देशभर नै भइसकेको छ। तर पनि सुदूरपश्चिमका केही भागमा भने अझै यो सक्रिय हुन सकेको छैन।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *