TodayPati

सडक दुर्घटनामा मृत्यु भएकी महिलामा पनि कोरोना पुष्टि

टुडेपाटी-
नेपालगञ्ज , असार ३ गते ।

सडक दुर्घटनामा परी मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ ३१ गते सडक दुर्घटनामा गम्भीर घाइते भएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा क्रममा मृत्यु भएको कैलाली लम्की २ की एक महिलनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती महिलाको सडक दुर्घटनामा परी टाउकोमा रकगत जमेको थियो । उपचारकै क्रममा मृत्यु भएपछि उनको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो ।

Sponsored

मृतक ती महिलाको कोरोना परिक्षण रिपोर्ट बुधबार पोजेटिभ आएका अस्पतालका सहायक निर्देशक नितेश कनौडियाले बताए ।
यी महिलासंगै नेपालमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *