कक्षा ११ को परीक्षा पनि नहुने, आन्तरिक मूल्याङकनलाई आधार मानिने
टुडेपाटी-
जनकपुरधाम, असार ३ गते ।
अब कक्षा ११ को परीक्षा पनि नहुने भएको छ । परीक्षा नहुने भएपछि विद्यालयको आन्तरिक मूल्याङकनलाई आधार मानिने भएको छ ।
बुधबार राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले कक्षा ११ को पनि आन्तरिक मूल्याङ्कनलाई आधार मान्ने गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । यो वर्ष कक्षा ११ मा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी छन् ।
कक्षा १२ को भने परीक्षा हुने भएको छ । ‘वातावरण अनुकूल भएपछि १२ को परीक्षा हुन्छ,’ मन्त्री पोखरेलले भने ।
कक्षा १२ मा ४ लाख ३१ हजार ३ सय ३ विद्यार्थी रहेका छन् । कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरिएको थियो । कोभिड-१९ का कारण परीक्षा स्थगित गरियो थियो ।
Sponsored
यसअघि एसईई यो वर्ष नगरि विद्यालयको मूल्याङ्कनलाई आधार मान्ने सरकारले निर्णय गरिसकेको छ ।