TodayPati

प्रदेश २ मा थप ३४८ जनामा कोरोना पुष्टि (जिल्लागत विवरणसहित)

नितेश यादव-
जनकपुरधाम, असार ३ गते ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार २१ जना महिला र ३ सय २७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा सबैभन्दा बढी आज मात्रै २ सय जना संक्रमित थपिएका छन् ।

त्यस्तै रौतहटमा १११ जना, सिरहामा १ जना, धनुषामा २६ जना, सर्लाहीमा ६ जना, बारामा ४ जनामा कोराना भाइरस देखिएको मन्त्रालयका सचिव घिमिरेले जानकारी दिए ।

Sponsored

योसँगै पदेश २ मा कूल संक्रमितको संख्या २ हजार ७ सय २७ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित

महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म देशभरमा फैलिसकेको छ । जसमध्ये प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित रहेको छ ।

Sponsored

प्रदेश २ को रौतहटमा १ हजार ५ जना, सर्लाहीमा ५ सय ३३ जना, महोत्तरीमा ५ सय ७ जना, धनुषामा २ सय ११ जना, पर्सामा १ सय ५६ जना रहेका छन् ।

त्यस्तै सप्तरीमा १ सय ३६ जना, बारामा १ सय ३ जना छन् भने सबैभन्दा कम सिरहामा ७६ जना कोरोना संक्रमित रहेका छन् ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *