TodayPati

प्रदेश २ सहित सातवटै प्रदेशको आज बजेट आउँदै

टुडेपाटी-

जनकपुरधाम, अषाढ १ गते ।

देशका सातवटै प्रदेशले आज वार्षिक बजेट सार्वजनिक गर्न लागको छ । प्रदेशसभाबाट नीति तथा कार्यक्रम पास भएपछि प्रदेश २ सहित सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ को बजेट सार्वजनिक गर्दैछन् ।

Sponsored

संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले तेस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् ।

कोरोना भाइरस (कोभिड–१९०) को महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिएका छन् ।

Sponsored

स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *