TodayPati

सांसद गिरीलाई पार्टी सदस्यबाट हटाइने, सांसद पद पनि नरहने

टुडेपाटी-

काठमाडौं, असार १ गते ।

सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी समाजवादी पार्टीले गरेको छ । यससँगै उनकाे सांसद पद पनि निलम्बनमा पर्ने भएको छ ।

Sponsored

सरकारले हालै पारित गरेका संविधान संशोधन विधेयकको विरुद्धमा एक्लै उभिएकी गिरीलाई पार्टीले संशाेधनविरूद्धकाे प्रस्ताव फिर्ता लिन र पार्टीकाे ह्विप पालना गर्न चेतावनी दिएकाे थियाे । तर पार्टीकाे निर्देशन अटेरी गरेका कारण उनलाई पार्टी सदस्य र सांसद दुवै नरहनेगरी कारबाही गर्न लागिएकाे स्राेतले जानकारी दिएको छ ।

समानुपातिक काेटाबाट सांसद बनेकी गिरीलाई पटकपटक पार्टीकाे निर्णय मान्न अनुराेध गर्दा पनि अटेरी गरेकाे र सिंगाे पार्टी संविधान संशाेधनकाे पक्षमा उभिँदा एक्लैले मात्र विरूद्धमा प्रस्ताव दर्ता गराएकाे तथा संशाेधन पक्षमा मतदान नगरी संसदबाट बाहिरिएकाे विषयमा पार्टीले कारबाही गर्ने निर्णय भएकाे स्राेतकाे दाबी छ । अहिले पार्टी नेताहरु प्रमुख उपेन्द्र यादव र डा. बाबुराम भट्टराई काठमाडाैँबाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने बताइएकाे छ ।

जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले पार्टीबाट हटाइएकाे वा दल त्याग गरेको कुरा सूचना संसदलाइ दिएमा निजकाे सांसद पद पनि निलम्वन हुने संविधानको धारा ८९ को (ङ) मा व्यवस्था गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *