TodayPati

नयाँ नक्सा पारित भएपछि भारतमा खलबली मच्चियो, निर्णय नस्वीकार्ने चेतावनी

टुडेपाटी-

जनकपुरधाम, जेठ ३१ गते ।

प्रतिनिधिसभाबाट लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतले यसप्रति आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको हो
मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् । लिम्पियाधुरासहितको भूभाग समावेश गरेर सरकारले सार्वजनिक गरेको नक्सालाई शनिबार नेपालको प्रतिनिधिसभाले परित गरेपछि भारतीय राजनीति समेत तातेको छ ।

Sponsored

‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश हुनेगरी नेपालको नक्सा परिवर्तन गर्दै संविधान संशोधन विधेयक पारित गरेको हामीलाई जानकारीमा आएको छ । यसबारे हामीले आफ्नो अडान पहिल्यै प्रस्ट पारिसकेका छौं, विज्ञप्तीमा भनिएको छ ।

नेपालको प्रतिनिधिसभाबाट भएको यो घटनाक्रमलाई भारतले नोट गरेको पनि उनले जनाएका छन् । नेपालको निर्णयले सीमासम्बन्धी विषयमा वार्ता गर्ने वर्तमान समझदारीलाई उल्लंघन गरेको श्रीवास्तवको आरोप छ । 

‘नेपालको प्रतिनिधिसभाबाट भारतीय भूभागसमेत समावेश गरेर नेपालको नक्सा परिवर्तनका लागि संविधान संशोधन विधेयक पास भएको हामीले नोट गरेका छौँ । हामीले यस सम्बन्धमा पहिले नै मत स्पष्ट पारिसकेका छौँ,’ प्रवक्ता श्रीवास्तवले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘यो दाबीको कृत्रिम विस्तार ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र मान्य पनि छैन । सुल्झिन बाँकी रहेका सीमासम्बन्धी विषयमा वार्ता गर्ने समझदारीको पनि उल्लंघन भएको छ ।’ 

Sponsored

यससँगै नेपालको नयाँ ‘निशान छाप’ मा वास्तविक भूभागअनुसारको नक्सा समेटिनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *