TodayPati

प्रदेश २ मा कोरोनाबाट थप २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १८ पुग्यो

नितेश यादव-
जनकपुरधाम, जेठ ३१ गते ।

प्रदेश २ मा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पर्सामा गएको बिहीबार मृत्यु भएका बेवारिसे मृतकको शव र शुक्रबार मृत्यु भएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको हो ।

योसंगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने नेपालमा कूल मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Sponsored

प्रदेश २ मा शनिबार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १ सय १ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमित भएका छन् । जसमा कम उमेरका डेढ र तीन वर्षका बालबालिका समेत छन् ।

शनिबार रौतहटमा सबैभन्दा बढी ९० जनामा पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।

यस्तै सर्लाहीमा ११ जना, पर्सामा ५ जना र महोत्तरीमा १ जना कोरोना संक्रमित थपिएको जनस्वास्थ्य अधिकृत विजय झाले बताए । प्रदेश २ मा कूल ४ सय ३७ जना उपचारपछि निको भएका छन् ।

Sponsored

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *