TodayPati

सांसद सरिता गिरीको संशोधन विधेयक सभामुखद्वारा खारेज

टुडेपाटी-

काठमाडौं, जेठ ३१ गते ।

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान दाेस्राे संशोधन विधेयकमाथि दर्ता गराएको ‘संशोधन प्रस्ताव’ सभामुख अग्नि सापकोटाले खारेज गरेका छन् ।

Sponsored

शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नुभन्दा पहिला नै सभामुखले सांसद गिरीको उक्त प्रस्ताव खारेज गरेका हुन् । पार्टीले निर्देशन दिँदा पनि सांसद गिरीले उक्त प्रस्ताव फिर्ता लिएका थिएन ।

शनिबार संसद बैठक सुरू हुनासाथ संशोधन विधेयकमाथि सांसद गिरी उठेकी थिइन् । तर सभामुख सापकोटाले उनको संशोधन प्रस्तावलाई अस्वीकृत गरेको बताए ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्तविपरीत उक्त संशाेधन प्रस्ताव दर्ता रहेकाेले खारेज गरिएकाे बताइएको छ । प्रतिनिधिसभाको विधेयक शाखाबाट प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र महासचिव भरतराज गौतमले उक्त टिप्पणीसहितकाे राय पठाएका थिए ।

Sponsored

जनता समाजवादी पार्टीले सरकारले प्रस्तुत गर्ने संविधानकाे दाेस्राे संशाेधन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन यसअघि नै दिइसकेकाे छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *