TodayPati

संविधान संशोधनकालागि आज संसदमा मतदान हुँदै, सबै दलको समर्थन

टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ ।नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूचीमा राख्न प्रतिनिधिसभाको आजको कार्यसूचीमा संविधान संशोधन प्रस्तावमाथि छलफल गरेर मतदान गर्ने तयारी भएको हो ।
कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले दफावार छलफलका लागि प्रस्ताव गर्ने र छलफल सकिएपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सरकारले गत जेठ ९ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो । नेपालको संविधानको अनुसूचीमा रहेको नेपालको निशान छापमा नेपालको अद्यावधिक नक्सा राख्नका लागि दर्ता भएको संशोधन विधेयकमाथि जेठ २७ गते सैद्धान्तिक छलफल सकिएको थियो ।

Sponsored

नेपालको संसदीय इतिहासमै पहिलोपटक ८४ जना सांसदहरुले सैद्धान्तिक छलफलका क्रममा विधेयकका पक्षमा आफ्नो धारणा समेत राखेका थिए ।

विधेयकमा सैद्धान्तिक छलफल सकिएर संशोधनका लागि निर्धारित ७२ घण्टाको समयभित्र समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन दर्ता गराएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल जनता समाजवादी पार्टीले संस्थागत निर्णयमार्फत संविधान संसोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *