TodayPati

प्रहरी हिरासतमा मृत फेला परेका शम्भुको शव अझै भएन परीक्षण

टुडेपाटी-
जनकपुरधाम, जेठ ३० गते ।

धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा मृत भेटिएकाको शव परीक्षण हुन सकेको छैन । मृत्यु भएको तीन दिन भइसक्दा समेत शव परीक्षण हुन नसकेको हो ।

बुधबार बिहान करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय सबैला धनुषाको थुनुवा कक्षमा २३ वर्षीय शम्भु सदाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन ।

सदालाई प्रहरीले सवारी ज्यान मुद्दामा हिरासतमा राखिएका थिए । थुनुवा कक्षमै झुण्डिएको अवस्थामा शव फेला परेपछि परिवारजनले प्रहरीले नै सदाको हत्या गरेको आरोप लगाएका छन् ।

Sponsored

उनको परिवारजनले शम्भुको हत्या गरेर शौचालयमा झुण्डयाएको आरोप लगाउँदै आएका छन् । घुस लिएर जनकपुरमा डाक्टरले गलत रिपोर्ट दिएको भन्दै आफन्तहरुले आफूले भनेकै डाक्टरले मात्रै शव परीक्षण गर्नुपर्ने माग गरेका थिए । उक्त मागमा सहमति भएपनि अझै शव परीक्षण भने हुन सकेको छैन ।

यता पीडित परिवारबाट अहिलेसम्म कुनै जाहेरी नआएकोले शवको पोस्टमार्टम हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । ‘परिवारजनबाट अहिले सम्म जाहेरी परेको छैन, जाहेरी परेपछि शवको पोस्टमार्टम हुन्छ’, उनले भने ।
घटना आत्महत्या रहेको प्रहरीले दाबी गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *