TodayPati

जलेश्वर अस्पतालबाट १९ सहित ४९ जना कोरोना संक्रमित डिस्चार्ज

टुडेपाटी-

जनकपुरधाम, जेठ २९ गते ।

बिहीबार थप ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३० र महोत्तरीको जलेश्वर कोरोना विशेष अस्पतालबाट १९ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् । प्रतिष्ठानको आइसोलेसनमा १२ दिनदेखि उपचाररत ३० जना र जलेश्वर कोरोना विशेष अस्पतालमा १५ दिनदेखि उपचाररत १९ जना बिहीबार डिस्चार्ज भएका हुन् । 

Sponsored

प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई घर पठाएको प्रतिष्ठानका प्रवक्ता प्राडा दिनेश सापकोटाले जानकारी दिए । उनीहरू सबै झापाका बासिन्दा हुन् । डिस्चार्ज हुनेहरूको उमेर १८ वर्षदेखि ४५ वर्ष रहेको प्रतिष्ठानले जनाएको छ । उनीहरू भारतको विभिन्न सहरबाट फर्किएका थिए । 

यस्तै, जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयका अनुसार सरकारको स्वास्थ्यसम्बन्धी निर्देशिकाबमोजिम १५ दिनसम्म पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि १९ जनालाई डिस्चार्ज गरिएको हो । निर्देशिकाअनुसार पुनः जाँच नगरी डिस्चार्ज गरेको उनले बताए । जलेश्वर अस्पतालमा अब ७८ जना उपचाररत छन् । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *