TodayPati

कोरोनाबाट थप एकजनाको ज्यान गयो

टुडेपाटी-
अर्घाखाँची, जेठ २९ गते ।

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । अस्पतालबाट फर्कदै गर्दा ज्यान गुमाउनु भएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलका अनुसार घाँटीको शल्यक्रियासमेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गएको मंगलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

Sponsored

अस्पतालले घरमै आराम गर्न सुझाव दिएपछि र्फकदै गरेका उनको बुधबार बाटोमै ज्यान गएको उनले बताए । यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बसेका उनको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि फेरि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको पौडेलले जानकारी दिए ।

रिपोर्ट नआउँदा हिजोदेखि नै शव रातुको चौरमा बेबारिसे अवस्थामा राखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *