रौतहटमा एकैपटक ६५ जनाले कोरोना जिते
टुडेपाटी-
रौतहट, जेठ २९ गते ।
कोरोना भाइरस संक्रमितको मामिलामा प्रदेश २ मा नै सबैभन्दा अगाडि रहेको रौतहट जिल्लामा कोरोना जित्नेको संख्या पनि तीब्र छ ।
बुधबार मात्रै रौतहटमा एकैपटक ६५ जनाले कोरोना जितेका छन् । गरुडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आइसोलेसनबाट ६५ जनाले कोरोना जितेका हुन् ।
त्यहाँ रहेका ७५ जनामध्ये ६५ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई फूलमाला लगाएर सम्मानसाथ घर पठाइएको प्रशासकीय अधिकृत मुस्ताख आलमले जानकारी दिए ।
यसअघि गौरस्थित नर्सिङ क्याम्पस र नारायणी अस्पताल बाट कोरोना जितेर ३६ जना घर फर्केको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताए ।
रौतहटमा कोरोना भाइरस जितेर बुधबार बेलुकी सम्म घर फर्किनेको कुल संख्या १०१ पुगेको प्रमुख साहको भनाइ छ ।
त्यसैगरी, जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म ४८६ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
Sponsored
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार संक्रमितहरुको गौर गरुडा, देवाहिगोनाही, राजपुर, चन्द्रपुर लगायतका स्थानमा निर्माण भएको आइसोलेसनमा उपचार भइरहेको छ ।
फाइल फोटो